पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली महिलाहरूको सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण आमा, दिदीबहिनीहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्। उनले सुख, शान्ति, समृद्धि, पारिवारिक सद्भाव, आपसी एकता, सुस्वास्थ्य, र दीर्घ जीवनको कामना गर्दै तीजको मौलिक पक्षको संरक्षण गर्नुपर्ने र यस पर्वलाई लैंगिक समानता र सामाजिक सशक्तिकरणको अवसरका रूपमा लिनु पर्ने विश्वास व्यक्त गरेका छन्।

उनले सामन्तवादविरुद्धको संघर्ष, जनयुद्ध, र जनआन्दोलनको बलमा प्राप्त नेपालको संविधानले महिलाहरूलाई प्रदान गरेका अधिकारहरूको पूर्ण कार्यान्वयन गर्दै महिलाहरूको राजनीतिक, आर्थिक, सामाजिक, र सांस्कृतिक जीवनमा गुणात्मक रुपान्तरण ल्याउनुपर्ने चुनौती रहेको उल्लेख गर्दै, यस पर्वले त्यसका लागि प्रेरणा दिने विश्वास पनि व्यक्त गरेका छन्।

नेपाल सरकारले तीज पर्वको अवसरमा आज शुक्रबार सार्वजनिक बिदा दिएको छ, जसले महिलाहरूलाई यो धार्मिक तथा सांस्कृतिक पर्व मनाउन थप सहजता प्रदान गरेको ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय