असार २३ ,काठमाडौं / नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य पुनः बढाएको छ। यहि महिनामा बढाएको पेट्रोलियम पदार्थको मुल्य हाल पुर्न निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको हो। निगमले मंगलवार रातिबाट लागू हुनेगरि मूल्य समायोजन गरेको हो। निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँले मूल्य बढाएको हो भने आन्तरिक उडान तर्फको हवाइ इन्धनमा र अन्तर्राष्ट्रिय तर्फ पनि निगमले बृद्धि गरेको हो।
समायोजित मूल्य अनुसार पेट्रोल अब प्रतिलिटर १२९, डिजेल ११२ र आन्तरिक तर्फको हवाइ इन्धनको मूल्य अब ८४ रुपैयाँ पुगेको छ। यस्तै निगमले अन्तर्राष्ट्रिय उडान तर्फको हवाइ इन्धनमा प्रति किलोलिटर १९ अमेरिकी डलरले बृद्धि गरेको छ। नयाँ मूल्य अब ७५४ प्रति किलोलिटर कायम भएको छ। यसअघि भएको मूल्य समायोजनपछि पेट्रोल १२७ रुपैयाँ र डिजेल ११० रुपैयाँ कायम रहेको थियोे ।







