पोर्चुगलको राजधानी लेस्बनमा रहेको एउटा संस्था जसले नेपालीहरु लगायत आप्रवासीहरुको समस्यालाई लिएर ती यावत समस्या समाधानका लागि विभिन्न कानुनी परामर्श दिईरहेको तथा जहाँ आप्रवासी समस्या त्यहा “हेल्पडेस्क पोर्चुगल” आम आप्रवासी नेपालीको भनाइ रहेको समेत छ। संस्थाले सेवादिन थालेको एक दशक भैसकेको हुदा परदेशमा एउटा भरपर्दो र विश्वासिलो साथीको रुपमा परिभाषित समेत रहेको संस्थाले अहिले पनि विभिन्न माध्यमबाट पोर्चुगल आएका नेपालीहरुलाई कानुनी परामर्श दिएर सेवा प्रदान गरिरहेको छ ।







