देश संघीयता गएको लामो समय पछि प्रदेश २ को नामको टुंगो लागेको छ । अब बाट प्रदेश २ लाई मधेस प्रदेश भनी सम्बोधन गरिने छ भने मधेस प्रदेशको राजधानी जनकपुर रहने छ साथै मधेस प्रदेशमा मंगलबार सार्वजनिक बिदा पनि दिइएको छ । सोमबार प्रदेशसभाबाट जनकपुरधाममा राजधानी र नाम मधेस प्रदेश कायम भएपछि खुसीयालीमा प्रदेश सरकारले बिदा घोषणा गरेको हो ।
प्रदेश सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले मंगलबार प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका छन। सोमबारको प्रदेश सभामा भएको मतदानमा प्रदेशको नाम मधेश प्रदेश र स्थायी राजधानी जनकपुर रहने पक्षमा बहुमत पुगेको थियो । सोमबार भएको भोटिङमा केही सांसदले फ्लोर क्रस समेत गरेका थिए ।अब देशमा सात प्रदेश मध्य प्रदेश १ को मात्र नामाकारण गर्ने बाकी छ।







