काठमाडौँ । संघिय सरकार र प्रादेशिक सरकारले गत आर्थिक वर्ष सम्म दिँदै आएको कृषि अनुदानमा चरम लापरवाही र दुरुपयोग भएको भनी विशेष श्रोतले जानकारी प्रदान गरेको छ ।
प्रदेश नं १ को ईन्द्रावती चिया उद्योग, परिवर्तच कृषि फार्म लगायत बागमती प्रदेशको विभिन्न जिल्लामा रहेको देवि कृषि फार्म, हिमालयन कृषि फर्म, क्षितिज नर्सरी लगायत दर्जनौ फार्ममा सरकारको रकम दुरुपयोग गरिएको सरोकारवालाको भनाई छ ।
विभिन्न कृषि व्यवसायहरुको स्थलगत अनुगमन नगरी कागजी झुठो विवरण तयार गरी सम्बन्धित व्यवसायवाला र सरोकारवालाको मिलेमतोमा अनुदान रकम दुरुपयोग भएको हो भनी श्रोतको दावी छ ।सरकारी रकमको चरम दुरुपयोग हुँदा समेत सम्बन्धित निकाय मौन रहँदा वास्तविक कृषक आक्रामक बनेका छन् ।
यसरी व्यवसायी र सम्बन्धित निकायका पदाधिकारीको लापरवाहीका कारण नेपालमा वास्तविक कृषकहरु पीडामा परेका हुन् । यस किसिमको मिलेमतोमा वार्षिक करोडौ रुपैयाँ सरकारी रकमको दुरुपयोग हुँदा समेत सम्बन्धित निकायको ध्यान नपुग्दा वास्तविक कृषकहरुले विभिन्न समस्या भोग्दै आएका छन् ।







