प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कार्यालयमा कर्मचारीहरूको खाजा समयलाई व्यवस्थित गर्न नयाँ नियमको घोषणा गरेका छन्। हाल सरकारी कार्यालयमा खाजा समय लामो भएको र यसले सेवाग्राहीलाई असुविधा पुर्याएको गुनासो आइरहेका कारण उनले खाजा समयलाई एक घण्टाबाट घटाएर आधा घण्टा कायम गर्ने निर्णय गरेका छन्।
अबदेखि प्रत्येक दिन १.३० देखि २ बजेसम्म मात्र खाजा समय रहनेछ। यस नियमको उल्लंघन भएमा, सेवाग्राहीले “हेल्लो सरकार” मा उजुरी गर्न सक्नेछन्। प्रधानमन्त्रीले कार्यालयको काममा व्यवधान नहुने गरी खाजा समयलाई छोट्याउन आग्रह गरेका छन्, जसले सेवा प्रवाहमा सुधार आउने विश्वास गरिएको छ।







