काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच बर्तमान अवस्था र समसामयिक विषयमा छलफल भएको छ।

सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच राष्ट्रपतिको निर्वाचनको विषयमा कुराकानी भएको हो। श्रोतका अनुसार भावी राष्ट्रपति कसलाई बनाउने भन्ने विषयलाई लिएर दुई शीर्षनेताबीच कुराकानी भएको हो।

सभामुख र उपसभामुखमा चयन भएपछिको अवस्थामा राष्ट्रपतिमा दुइ ठुलादलहरुको दावीले अहिलेको राजनैतिक केन्द्रबिन्दु भैरहदा कांग्रेस र एमालेले दाबी गरिरहेका बेला प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच कुराकानीले बिशेष महत्त्व राख्ने गर्दछ ।माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले आफ्नो पार्टीको बैठक बस्नुअघि अध्यक्ष नेपाललाई भेटेका हुन्।

नेपाली काङ्ग्रेस,माओवादी केन्द्र लगायत नेकपा एकीकृत समाजवादी गठबन्धनमा रहिसकेको दलहुन भने एकीकृत समाजवादीले एमाले बाहेक अरु कुनैदलबाट राष्ट्रपतिका लागि आएमा समर्थन गर्ने व्यापक सम्भावना रहेको समेत श्रोतले जनाएको छ जसले गर्दा एमाले थप संशकित बनेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय