प्रहरीद्वारा पक्राउ परेका गायक राजेशपायल राई बिहान रिहा गए राती होहल्ला गरेको भन्दै पक्राउ परेका गायक राजेश पायल राई प्रहरी चौकीवाट रिहा भएका छन।
बुधबार राती मदिरा सेवन गरि होहल्ला गरेको भन्दै स्थानियहरुले प्रहरीलाई जानकारी गराएपछि पक्राउ परेका राईलाई करिब ९ घण्टा सम्म प्रहरीको नियन्त्रणमा राखी आज बिहान रिहा गरेको हो ।
गायक राई लाई बानेश्वर प्रहरी बृतमा राखिएको थियोे भने उनिसङ्ग ८ जना ब्यक्तिहरु पनि रिहा भएको जानकारी प्राप्त भएको छ । गायक राजेश पायल राईलाई हिजो राती करिब पौने १ बजेतिर नियन्त्रण लिएको थियोे राती होहल्ला गरेको कारण प्रहरी नियन्त्रणमा परेका गायक राजेश पायल राई लाई प्रहरीले सम्झाई बुझाई छोडेको छ भने भोलि नै उनको इटहरीमा कन्सर्ट समेत रहेको भनी हाम्रो श्रोतले जानकारी दिएको छ।







