सर्वोच्च  अदालतले रिगलको कैद मिनाहा बदर गरे सङ्गै प्रहरीले योगराज ढकाल (रिगल) लाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराले रिगललाई नेपालगञ्जबाट पक्राउ गरिसकिएको विभिन्न संचार माध्यमहरुलाई जानकारी दिएको हो ।

लामो समयदेखि आफ्नो पति चेतन अधिकारीको हत्या गरिएको कैदिलाई राष्ट्रपतिले माफी दिएपछि आन्दोलनरत रहेका भारती मानन्धर सर्वोच्चले कैदलाई बदर गरे सङ्गै न्याय पाएको भन्दै अनशन समेत तोडेका छन ।

रिगललाई सरकारको सिफारिसमा गत असोज ३ गते राष्ट्रपतिले आममाफी दिएका थिए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय