सरकारले फागुन १ गते माओवादीले मनाउँदै ‘जनयुद्ध दिवस’ को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले भोलि जनयुद्ध दिवसको सन्दर्भमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । माओवादीले तेस्रो पटक सरकारको नेतृत्व गर्दा पहिलो पटक जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

यसअघि २०६५ सालमा र २०७३ सालमा केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका थिए । त्यतिबेला बिदा दिन नसकेका प्रचण्डले यसपालि भने बिदा धेरै भएकाले घटाउने बारेमा सोच्नुपर्छ भनेकै केही दिनपछि पहिलो पटक जनयुद्ध दिवसमा पनि सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।

यसअघि कर्णाली प्रदेश, बागमती प्रदेश र विभिन्न स्थानीय तहले पनि फागुन १ गतेलाई जनयुद्ध दिवस मनाउने गरी विदा दिने भनिएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय