लेख: सुवास श्रेष्ठ
पछिल्लो समय पुँजी बजारमा आएको करेक्सनले धेरै लगानीकर्ताहरूलाई चिन्तित बनाएको छ। बजारको यो अस्थिरता कतिपयलाई जोखिमपूर्ण देखिन सक्छ, तर यो अवस्थालाई दीर्घकालीन स्थिरताको संकेत र नयाँ अवसरका रूपमा लिनु उपयुक्त हुन सक्छ।
बजारमा करेक्सन आउँदा शेयरहरूको मूल्यमा कमी आउँछ, जसले धेरै लगानीकर्ताहरूलाई डराउँछ। तर, यो करेक्सन बजारलाई सन्तुलनमा ल्याउने प्रक्रिया हो, जसले अस्थिरता घटाउँदै सही मूल्याङ्कनमा पुग्न मद्दत गर्छ। यस्तो समयमा धैर्य राखेर विवेकपूर्ण निर्णय गर्नेहरूका लागि यो अवसर हुन सक्छ।
धेरैजसो लगानीकर्ताहरूले करेक्सनको समयमा शेयर बेच्ने गर्छन्, तर यसलाई जोखिमको संकेत होइन, बरु नयाँ लगानीको अवसरका रूपमा बुझ्नुपर्छ। स्थिर र बलियो कम्पनीहरूका शेयरहरूमा लगानी गर्नाले भविष्यमा राम्रो प्रतिफल प्राप्त गर्न सकिन्छ।
यसैले, पुँजी बजारमा भएको करेक्सनलाई त्रासको रूपमा होइन, स्थिरताको संकेत र नयाँ अवसरका रूपमा लिनु नै दीर्घकालीन लगानीको सफल सूत्र हो साथै हरेक लगानीको निर्णय गर्दा स्वविवेक पर्योग गरि अध्ययन पछि मात्र लगानीको निर्णय लिनुपर्दछ ।
सुवास श्रेष्ठ, (अर्थशास्त्रका विद्यार्थीका हुन )







