काठमाडौं – बलेफी हाइड्रोपावर लिमिटेडको आईपीओ मा फागनु २५ गते बुधबार बेलुका साँझ ६ बजेसम्ममा २५ करोड २३ लाख ५३ हजार १०० रुपैयाँ बराबरको सेयर खरीदका लागि माग आवेदन परेको छ ।

कम्पनीले सिन्धुपाल्चोकका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि गत माघ २७ गतेदेखि १८ लाख २७ हजार ९७० कित्ता आईपीओ जारी गरेको हो । ग्लोबल आईएमई क्यापिटल लिमिटेडका अनुसार बुधबार साँझसम्म ११ हजार ४२१ वटा आवेदन मार्फत २५ लाख २३ हजार ५३१ कित्ता सेयर सेयरको आवेदन परेको हो ।

जसमध्ये आयोजनाबाट अति प्रभावित ४ हजार ४१२ बासिन्दाबाट सि आश्वा तथा भौतिक दुबै मार्फत कुल १२ लाख ६० हजार ९९० कित्ता र आयोजना निर्माणाधीन जिल्लाका अन्य गाविसका बासिन्दाहरुबाट ७ हजार ९ जिल्लाबासीहरुबाट १२ लाख ६२ हजार ५४१ कित्ता सेयर खरीदको माग परेको हो ।

कम्पनीले जारी पूँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँको १० प्रतिशतले हुन आउने १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता आईपीओ आयोजना प्रभावितका लागि निष्कासन गरेको हो ।आयोजना प्रभावित क्षेत्रका बासिन्दाले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिनसक्ने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय