काठमाडौँ महानगर प्रमुख बालेन शाहले सामाजिक सञ्जालमार्फत सर्वोच्च अदालतको ताजा आदेशको सन्देश स्पष्ट पारेका छन्। उनले भने, “कागले कान लग्यो भनेर हल्ला गर्दैमा कागको पछि लाग्ने हैन, आफ्नो कान छाम्ने हो।”
सर्वोच्च अदालतको आदेश अनुसार, काठमाडौँ महानगरपालिकाले बागमती र विष्णुमती क्षेत्रका ४० मिटर टुकुचा वरिपरी २० मिटरको निर्माण निषेधित क्षेत्रको सूचनासहित जनतालाई जानकारी गराएको छ। यस आदेशका अनुसार, उक्त क्षेत्रमा अब थप संरचना बनाउन अनुमति दिइने छैन। अदालतको आदेश जनतालाई आफ्नो जग्गा उपभोग गर्नबाट रोक्दैन, तर नेपाल सरकारलाई चाहिएको खण्डमा मुआब्जा प्रदान गरेर जग्गा अधिग्रहण गर्न सक्ने छ।
बालेन शाहले अदालतको आदेशलाई महानगरको निर्णयको रूपमा गलत व्याख्या गरेर पार्टीका नेता कार्यकर्ताहरूले जनतामा भ्रम फैलाउनु अनावश्यक रहेको पनि बताएका छन्।







