बिहीबार हालसम्मकै उच्च मूल्यको सेयर कारोबार भएको हो । यस दिन २९ अर्ब ९५ करोड ८५ लाख रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।गएको सोमबार २७ अर्ब २४ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । त्यो यसअघिको उच्च कारोबार थियो ।
बिहीबार नेप्से ४३.०५ अंकले बढेर तीन हजार दशमलब एकासी विन्दुमा बन्द भएको छ । १०५ कम्पनीको सेयर मूल्य बढेको छ । १३७ कम्पनीको सेयर मूल्य घटेको छ ।
फाइनान्स, ‘अन्य’, उत्पादन तथा प्रशोधन, जीवन बिमा र लघुवित्त समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक वृद्धि वाणिज्य बैंक समूहको भएको छ । यो समूहको परिसूचक ५.६५ प्रतिशतले बढेको छ ।







