असोज,६ काठमाडौ/ बुढानीलकण्ठ नगरपालिका वडा नं. १२ र काठमाडौं महानगरपालिका वडा नं. ६ को सिमानामा रहेको खोल्सामा बन्दै गरेको बक्स कल्भर्ट निर्माणाधीन अवस्थामा नै छोडेको र जोखिमयुक्त अवस्थामा रहेको कारण मिति २०७८ असोज ०५ गते साँझ अन्दाजी १२/१३ वर्षको बालक खसेर बेपत्ता थियो सो घटना प्रति युवा संघ नेपाल, बुढानीलकण्ठ नगर कमिटीको ध्यानाकर्षण गराएको छ भने बुढानिलकण्ठ वडा नम्बर १०,११,१२ लाई ज्ञापनपत्रसमेत बुझाएको हो।
जनताको जीउ ज्यानको सुरक्षा प्रदान गर्न र दायित्व समेत बोकेर निर्वाचित स्थानीय जनप्रतिनिधिहरुले समयमै आवश्यक समन्वय नगर्दा यस्तो दुःखद् घटना घटेको हो भन्ने युवा संघ नेपाल बुढानिलकण्ठ नगरकमिटि नेकपा (एस) निकटको ठहर रहेको छ ।
युवा संघ नेपाल (नेकपा एस) निम्न मागहरु राखी स्थानीय सरकारको तुरुन्त ध्यानाकर्षण होस् भनी निम्न लिखित मागहरु पेश गरेको छ ।
१) बेपत्ता बालकको तुरुन्त खोजी गरी अवस्था सार्वजनिक गरियोस् ।
२) निर्माणाधीन कल्भर्टलाई तुरुन्त पूरा गरियोस् ।
३) तत्कालका लागि नगरपालिकाबाट उक्त जोखिमयुक्त स्थानमा बारबेरा गरी सुरक्षित गरियोस् ।
४) साततले आनीगुम्बा योजना टेन्डर परिसकेको भन्ने जानकारीमा आएकाले तुरुन्त काम सुरु गरियोस् ।
५) पिडित बालकका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गरियोस् ।
६) विकास निर्माणको कामहरुमा भैरहेको लापरवाहीले यस्ता घटना नियमित घटिरहेकोले सम्बन्धित निकाय र पक्षलाई जिम्मेवार बनाइयोस् अन्यथा सर्वसाधारणको नजरमा स्थानीय तह यस्ता घटनाको जिम्मेवार हुने समेत ध्यानाकर्षण गराउन चाहन्छौं ।
युवा संघ नेपालका बुढानिलकण्ठ नगरकमिटी अध्यक्ष आकाश श्रेष्ठले जानकारी गराएको हो भने उपाध्यक्ष विशाल खत्री ,युवा संघ नेपाल नगर कमिटी सदस्य विशाल श्रेष्ठ, युवा संघ नेपाल बु.न.पा-१० अध्यक्ष प्रशान्त खनाल लगायतको उपस्थितमा ज्ञापनपत्रसमेत बुझाएको थियोे ।







