असार १० काठमाडौ /राष्ट्रिय युवा संघ नेपाल तथा नेवा:ग्वाली पुचको संयुक्त आयोजनमा बुढानीलकण्ठ १३ अवस्थित पुतली डाँडामा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।

देशभर अहिले राष्ट्रिय युवा संघ नेपाल द्वारा राष्ट्रिय देशव्यापी कार्यक्रम अन्तर्गत ५ लाख विरुवाको वृक्षारोपण भइरहेको कार्यक्रमका संयोजक तथा राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य टिकेस नारायण श्रेष्ठ जानकारी दिनुभएको छ। त्यसै गरि “हरियो बन नेपालको धन” आफ्नो भनाइ राख्दै र आत्मसात गर्दै वृक्षारोपण कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिदै बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १३ का अध्यक्ष श्रीकृष्ण श्रेष्ठले यस अभियानको सफलता कामना गर्दै उपस्तिथ सबै संस्था तथा क्लबका सदस्यहरु लाई सम्बोधन गरि कार्यक्रमको सुरुवात भएको थियोे ।

उक्त कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालको तर्फबाट केन्द्रिय सह-कोषाध्यक्ष जय गुरुङ, सचिवालय सदस्य दिलिप थिङ्ग, वडा नम्बर १३ का अध्यक्ष शिशिर श्रेष्ठ पुतली बन उपभोक्ता समितिका पदाधिकारी , रातेमाटो बन उपभोक्ता समितिका तर्फबाट बिष्णुकाजी श्रेष्ठ, लायन्स क्लब अफ बुढानिलकण्ठ नेवा:पुचका पदाधिकारि लगायत पुष्पराज भट्टराई जयकुमार श्रेष्ठ , श्याम राजा गौतम, तथा बन संरक्षक लगायत अन्य ब्यक्तिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको थियोे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय