बुढानिलकण्ठ, काठमाडौं – माओवादी केन्द्रले पुनः काठमाडौंको बुढानिलकण्ठमा संगठन सुदृढीकरण गर्दै  आफ्नो राजनीतिक उपस्थितिको कडा सन्देश दिएको छ। बूढानीलकण्ठ नगरकमिटी अन्तरगत नेवा राष्ट्रिय मुक्ति मोर्चा र तामाङ राष्ट्रिय मुक्ति मोर्चाको संयुक्त नगर अधिवेशन एकै मञ्चमा सम्पन्न गर्दै शक्तिशाली संगठन विस्तारको संकेत दिएको हो।

अधिवेशनमा नेकपा माओवादी केन्द्र काठमाडौं जिल्ला इन्चार्ज हिमाल शर्मा प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने केन्द्र नेवा राष्ट्रिय मुक्ति मोर्चाका उमेश स्थापित र संजय लामा काठमाडौ जिल्ला अध्यक्ष विशेष अतिथिको रुपमा कार्यक्रममा उपस्थित भएको थियोे। कार्यक्रमकोमा माओवादी केन्द्र बुढानिलकण्ठ नगर अध्यक्ष भाईनारायण श्रेष्ठ र माओवादी केन्द्रका स्थानिय नेता  दामोदर पौडेल लगायत अन्य नेता कार्यकर्ताको उपस्थित कार्यक्रम आयोजना भएको हो।

कार्यक्रममा उल्लेख्य उपस्थिति रहेको थियो, जहाँ बाबुराज श्रेष्ठको नेतृत्वमा नेवा मुक्ति मोर्चाको १५ सदस्यीय नगर कमिटी गठन गरिएको छ भने बिरु लामाको नेतृत्वमा तामाङ मुक्ति मोर्चाको नगर कमिटी अधिवेशन मार्फत निर्माण गरिएको छ।

करिब ३० जना प्रतिनिधिको प्रत्यक्ष सहभागितामा सम्पन्न अधिवेशनले केवल औपचारिकता मात्र पूरा गरेन, बरु माओवादी केन्द्रले काठमाडौ जिल्ला लगायत उपत्यकामा स्थानीय स्तरमा पुनः संगठित हुँदै आफू बलियो विकल्पको रूपमा अघि बढ्न तयार रहेको स्पष्ट संकेत दिएको छ ।

बुढानिलकण्ठजस्तो काठमाडौंको संवेदनशील राजनैतिक क्षेत्रमा नेवा र तामाङ समुदायलाई एकै ब्यानरमा उभ्याएर माओवादीले देखाएको यो मोर्चा मार्फत संगठित सक्रियता अब केवल रस्म र कार्यक्रम सीमित छैन। यसले स्थानीय निर्वाचनदेखि समग्र उपत्यकामा माओवादी केन्द्रको रणनीतिक पुनःस्थापना अभियान सुरु भइसकेको स्पष्ट पार्दछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय