असोज २७ काठमाडौ/बागमती अन्लाईन खबर
बूढानीलकण्ठ देखि बाँसबारी सडक खण्डको अवस्थाको विषयलाई लिएर फूलपातीकै दिन गरिने प्रदर्शनीका लागि विभिन्न स्थानहरूमा विरोधस्वरुप ब्यानर हरु टाँगिएको थियोे सो ब्यानरमा यस ठाँउको सडकको अवस्था जिर्ण बनेको तर देशको नै प्रभावशाली भनिएका नेताहरु, रास्ट्रपति लगायत प्रधानमन्त्रीको निवास रहेको ठाउँमा दिनदिनै आवतजावत गर्ने मुल बाटोको अवस्था धुलो खाल्डाखुल्डीले समस्याको बिषयमा उक्त बिरोध कार्यक्रम भएको हो।
विगत दुई वर्षदेखि नगरपालिकाभित्र मुख्य सडक खण्ड रहेकाे बाँसबारी- बुढानीलकण्ठ सडक खण्डकाे धुलाे र खाल्डाेबाट यस स्थान वरपरका जनताहरू आजित भएका छन्। सोही विषयलाई मध्यनजर गराउँदै फूलपातीकाे दिन बिहानको समय प्रतिकात्मक विराेध गरिएको थियोे साथै मोटरसाइकलमा र्याली पनि निकालिएको थियोे।
प्लेकार्डसहित सडक किनारमा जनता उभिने कार्यक्रमकाे अघिल्लाे दिन साँझ चाेकचाेकमा ब्यानरहरू टाँगिएकाे हो।







