बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ३ मा आज बुढानिलकण्ठ मन्दीर परिसर ढुङ्गा बिछ्यौना तथा खानेपानी ब्यवस्थापन कार्यका लागि छलफल तथा उपभोक्ता समिति गठन गर्ने कार्यक्रम बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ३ को अगुवाइमा आयोजना भएको छ।
आज भएको उक्त छलफल तथा समिति गठन कार्यक्रममा वडाले बुढानिलकण्ठ मन्दिर वरपर कलात्मक आकर्षक मन्दिरको नै सौर्न्दर्य बढाउन ५० लाखको बजेट बिनियोजन गरेको हो भनी बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ३ का अध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिएको छ। त्यसैगरी बुढानिलकण्ठ नगरपालिका नै यहि पबित्र मन्दिरको नाममा नामकरण भएको र यस बाट नै नगरपालिको पहिचान समेत दिएको हुनाले यस्तो महत्त्वपूर्ण र अमुल्य धार्मिकस्थल लाई कलात्मक ढंगले निर्माण गर्न कै लागि बजेट बिनियोजन गरिएको हो साथै बुढानिलकण्ठ नगरपालिका वडा ३ का बासिन्दालाई स्वच्छ तथा सफा खानेपानी उपभोग गर्न लाई यस ठाउँमा पानीको मुहान भरपुर हुँदाहुदै पनि मुहानको सदुपयोग गर्न नसकिरहेको अवस्था भैरहेको हुँदा अब उपरान्त खानेपानी उपभोक्त समिति बनिसके पश्चात यो समस्याको हल हुने भनी समेत अध्यक्ष श्रेष्ठले जानकारी गराउनु भएको हो।
आजको उक्त कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका वडा ३ का वडा सदस्य बबिता रम्तेल,पुर्व गाबिस अध्यक्ष तथा माओवादी केन्द्रका नगरसदस्य लक्षमण भण्डारी,इन्जिनियर सुर्य बिसि,बैकुण्ठ भण्डारी ,स्थानिय जीवन थापा,दामोदर उपाध्याय लगायतका ५९ जनाको उपस्तिथिमा कमिटी बिस्तार कार्यक्रम समापन गरिएको थियो ।








