बूढानीलकण्ठ :- बुढानीलकण्ठ नगरपालिका, योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखाको संयोजनमा नगरभित्रका सबै वडाहरूमा उपभोक्ता समिति गठन र योजना अनुगमन सम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन हुने भएको छ।

यस प्रशिक्षण कार्यक्रममा उपभोक्ता समिति, टोल विकास समिति, तथा लाभग्राहीहरुलाई प्रशिक्षण दिइनेछ। कार्यक्रमको स्थान र समय सम्बन्धित वडा कार्यालयले प्रकाशित सूचनामा उल्लिखित मिति र समयमा गरिनेछ। यद्यपि, वडा कार्यालयले चाहेको खण्डमा सूचनामा उल्लेख गरिएका स्थानबाहेक अन्य कुनै स्थान पनि तोक्न सक्नेछ।

नगरभित्रका सरोकारवाला सबै पक्षलाई प्रशिक्षण कार्यक्रममा उपस्थितिको लागि अनुरोध गरिएको छ। साथै, वडा अध्यक्ष तथा वडा समितिका सदस्यहरुलाई कार्यक्रमको सफल सञ्चालन र सरोकारवालाहरूको सहभागिता सुनिश्चित गर्न आवश्यक सहजीकरण गर्न आग्रह गरिएको छ।

नगरपालिकाको तर्फबाट, यो कार्यक्रमले नगरको विकास र अनुगमन प्रक्रियालाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ। सरोकारवालाहरूको सक्रिय सहभागिताले योजनाको कार्यान्वयनमा सुधार ल्याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय