बूढानीलकण्ठ, काठमाडौं – लामो समयदेखि कमजोर देखिएको संगठनिक गतिविधिलाई तिव्र पार्दै नेकपा माओवादी केन्द्रले बुढानीलकण्ठ क्षेत्रमा फेरि एकपटक राजनीतिक मोर्चाबन्दी थालेको छ। शनिबार बुढानीलकण्ठ–१३, चुन्निखेलमा नेवा:–तामाङ उपत्यका जागरण अभियान अन्तर्गत आयोजित बैठकले नेवा: राष्ट्रिय मुक्ति मोर्चा, नेपाल को ११ सदस्यीय कमिटी गठन गर्दै सशक्त पुनःउत्थानको संकेत दिएको छ।

बैठकमा सनम श्रेष्ठको नेतृत्वमा गठित कमिटीलाई स्थानीय स्तरमा संगठन विस्तार र परिचालनको जिम्मेवारी दिइएको छ। नेतृत्वदायी भाषणमा श्रेष्ठले भने, “अब सम्झौता होइन, संघर्षको बाटो रोजिन्छ।” उनले स्पष्ट रूपमा भने — अब बूढानीलकण्ठ नगरपालिकामा नेपाली कांग्रेस, एमाले मात्र होइन, नेकपा (एकीकृत समाजवादी) जस्ता दलहरूको ‘सेफ जोन’मा पनि हामीले चुनौती दिनेछौं।

माओवादी केन्द्रको  निरन्तर विभिन्न साङठनिक निर्माण अभियानलाई स्थानीय राजनीतिमा ठुलो धक्काको रूपमा हेरिएको छ। नेपाली कांग्रेस, एमाले र नेकपा एकीकृत समाजवादी जस्ता दलहरूको प्रभावमा रहेको बुढानीलकण्ठ क्षेत्रलाई माओवादीले ‘संघर्षको मैदान’ बनाउने घोषणा गरेपछि अब स्थानीय राजनीतिमा गर्मी बढ्ने निश्चित देखिन्छ।

नवगठित कमिटीमा स्थानीय तहका क्रियाशील, जुझारु र संगठनप्रति निष्ठावान कार्यकर्ताहरूलाई समेटिएको छ। यिनले अब पार्टीको नीति–कार्यक्रमलाई जनस्तरसम्म पुर्‍याउने जिम्मेवारी लिएका छन्।

बैठकमा निर्वाचित सबैलाई नगर कमिटी पार्टी नेतृत्वबाट बधाई तथा शुभकामना व्यक्त गर्दै, संगठनलाई थप सक्रिय, प्रतिबद्ध र क्रियाशील बनाउने आह्वान गरिएको छ। बैठकको आयोजना र समन्वयमार्फत माओवादी केन्द्रले चुन्निखेललाई नयाँ संगठनिक रणनीतिक केन्द्रको रूपमा अघि सारेको छ ।

                       सम्पादन तथा विश्लेषण: सुवास श्रेष्ठ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय