बुढानिलकण्ठ– राष्ट्रिय शिक्षा दिवसको अवसरमा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा बुढानिलकण्ठ नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरू मध्ये श्री नौलिन माध्यमिक बिधालय चुनिखेलले उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ। यस उपलब्धिको लागि विद्यालयलाई बुढानिलकण्ठ नगरपालिकाद्वारा विशेष सम्मान प्रदान गरिएको छ।
बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १३ अवस्थित श्री नौलिन माध्यमिक विद्यालयले सामुदायिक विद्यालयको तर्फबाट उत्कृष्ट नतिजा ल्याएकोले बिधालयको तर्फबाट बिष्णुकाजी श्रेष्ठ र जयकुमार श्रेष्ठलाई बूढानीलकण्ठ नगरपालिकाद्वारा सम्मान गरेको थियोे । यस विद्यालयका विद्यार्थीहरूले उल्लेखनीय नतिजा प्राप्त गर्दै नगरको शैक्षिक प्रतिष्ठालाई थप उचाइमा पुर्याएका भन्दै सम्मान व्यक्त गर्दै कदरपत्र प्रदान गरिएको हो ।
शिक्षा दिवसको अवसरको विशेष सम्मान समारोहमा नगर प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, प्रमुख प्रशासकीय अधिकृत तुलसीराम अर्याल लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। प्रमुख अधिकारीले विद्यालयको यो उपलब्धिलाई शिक्षा क्षेत्रमा एउटा महत्वपूर्ण उपलब्धि भएको बताउँदै, नगरपालिकाको तर्फबाट निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त समेत गरिएको थियोे ।







