बुढानिलकण्ठमा किर्ते मतदाता प्रकरण कारण भदौ महिनाको २१ गते बूढानीलकण्ठ नगरपालिका निर्वाचित मेयर तथा उपमेयर सहितका जनप्रतिनिधिहरुलाई जिल्ला निर्वाचन कार्यलय मतदाता नामावलीमा किर्ते गरिएको भनी निर्वाचन कार्यलयले स्पटिकरणका लागि कार्यलयमा उपस्तिथि हुन पत्र काटे सङ्गै उक्त किर्तेको ढाकछोप गर्ने मेयर र उपमेयरको दलबल त्यस तर्फ लागेको थियोे भनी बूढानीलकण्ठ नगरपालिकाका केही स्थानिय नेताहरुले बताएका छ्न ।

अप्रत्यक्ष रुपमा फर्जी मत मतदान गर्न पाउनु पर्छ भन्दै हिजो बूढानीलकण्ठ नगरपालिकाका निर्वाचित मेयर र उपमेयर सहित केहि जनप्रतिनिधि जिल्ला निर्वाचन कार्यालयमा बिराेध प्रदर्शन गर्न पुगेका छन। नेकपा एमालेकाे अगुवाइमा जिल्ला निर्वाचन कार्यालयमा मेयर मिठाराम अधिकारी, उपमेयर अनिता लामालगायत एमालेबाट निर्वाचित वडाध्यक्षहरू सहित वडा सदस्य समेत पुगेका थिए ।

हालै सम्पन्न भएको स्थानियतहको निर्वाचनमा कार्यकर्ताको सवारीसाधन प्रयोग गर्दै एमालेले आफुनिकट कार्यकर्ता ओसार्दै मतदाता परिचयपत्र बनाउन भनी नेकपा एमालेका कार्यकर्ता जोडदारका लागेको थियोे भनी आरोप लागेको थियोे । यस सम्बन्धि नेपाली काङ्ग्रेस बूढानीलकण्ठ नगरसमितीले स्थानिय निर्वाचन हुनुभन्दा अगाडि आधिकारिक रुपमा धेरै मतदाता बसाइँसराइमा कागजात नपुर्याइको तथा स्थानिय वडा कार्यलयको छाप तथा हस्ताक्षर समेत किर्ते गरेको भन्दै बिरोध गरेको थियोे फलस्वरूप केही एमालेका कार्यकर्ताहरु निर्वाचन आयोगमा त्यसता अबैध कागजात सहि उपस्थित भैरहेको बेला पकाउ गर्न खोज्दा भागेको थियोे ।

निर्वाचन आयोगमा बूढानीलकण्ठ नगरपालिकाका मेयर तथा उपमेयर सहित आफ्नो बचाउ गर्दै निर्वाचन आयोगबाट स्पस्टिकरण लागि पत्र काट्दा दलबलसहित कार्यकर्ताको साथमा आयोग पुगेको थियोे भने । विशेष गरि उपमेयर अनिता लामाले संचार माध्यममा आफ्नो कुरा राख्दै अमुख पात्र भन्दै नेपाली काङ्ग्रेस गगन थापाको डिजाइनमा यो भाड्भैलो काम भएको भनी अभिव्यक्ति दिएका थिए  । बूढानीलकण्ठ मेयर तथा उपमेयरहरुले सम्बन्धित मतदाताको नाम अधयावधिक गर्न सहजीकरण गराउनु भन्दा बिरोधिशैलीमा उपस्थितले उनिहरुको नैतिकता माथी जनताले गम्भीर प्रश्न गरेको छ।के बूढानीलकण्ठ नगरपालिकाका मेयर र उपमेयर तथा बूढानीलकण्ठ नगरपालिकाका निर्वाचित जनप्रतिनिधिले निर्वाचनमा प्राप्त गरेको मत फर्जीमत सहित जितको हो?

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय