बुढानिलकण्ठ नगरपालिकाका १९ वटा सामुदायिक विद्यालयहरुमा जनउद्दार मा.वि बुढानिलकण्ठ  नगरपालिका वडा १३ उत्कृष्ट भएको छ । एसईइ परिक्षा २०७८ को नतिजामा एसईइ दिएका १० विद्यालय मध्य जनउद्दार मा.वि उत्कृष्ट भएको हो।शिक्षा विकास तथा समन्वय इकाई काठमाण्डौले  सामुदायिक स्कूलको साधारण धार तर्फ प्रकाशन गरेको विवरण अनुसार सो विद्यालय नगरपालिकामा उत्कृष्ट बनेको हो।

सामुदायिक तर्फ  १० वटा मा.वि र ९ आधारभूत विद्यालय रहेको बुढानिलकण्ठ नगरपालिकामा उत्कृष्ट नतिजा हासिल गरेको सो विद्यालयले बिदाई तथा शुभकामना  कार्यक्रम आयोजना गरेर विद्यार्थीहरुलाई थप उत्प्रेरित र प्रोत्साहन गरेको प्रधानाध्यापक हरेराम खत्रीले जानकारी दिएका छन।

सो कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीकृष्ण श्रेष्ठ र  सदस्य रिना श्रेष्ठ सहित बिद्यालय प्र.अ लगायत शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय