बूढानीलकण्ठ नगरपालिका र काठमाडौ महानगरबिच त्रिपक्षीय प्राविधिकले नापजाँच गरेरमात्र खोलाको स्लावहरु हताउने सहमति भएको छ।
कपनमा बिहानदेखी बूढानीलकण्ठ नगरपालिकामा अतिक्रमित खोलालाई खोल्ने विषयलाई तनावग्रस्त अवस्था सृजना भएपछि काठमाडौं महानगरपालिका र बूढानीलकण्ठका जनप्रतिनिधिहरू छलफलमा जुटेका छन् । काठमाडौं महानगपालिकाले भने डोजर पठाएर खोलामाथि बनाइएका स्ल्याबहरु भत्काउने तयारी गरेको थियोे ।कपनको उक्त क्षेत्र काठमाडौ महानगर र बूढानीलकण्ठ नगरपालिकाको सिमाना भएर पनि खोलामाथी राखिएको स्लाव भत्काउने विषयमा दुइमत हुँदा अवस्था तनावग्रस्त बनेको थियोे ।
हालसम्म प्राप्त जानकारीअनुसार बुढानिलकण्ठ नगरपालिकाका मेयर र काठमाडौँ महानगरपालिमा मेयरबिछ छलफल भइरहेको उक्त छलफलबाट त्रिपक्षीय प्राविधिक खटाएर नापजाँच गर्ने भन्ने विषयमा छलफल टुङ्गिएको र हाल लाई महानगरद्वारा कुनै किसिमको कारवाहीहरु अगाडि नबढाउने भन्ने सहमतिमा छलफल टुङ्गिएको बताएको छ ।







