बूढानीलकण्ठ नगरपालिका स्थानिय निर्वाचनमा प्राय कसैले बुझाएन खर्च विवरण,६ महिना भित्र जरिवाना नबुझाएमा निर्वाचित जनप्रतिनिधिहरु पदमुक्त हुने ।बूढानीलकण्ठ नगरपालिकामा समेत स्थानिय निर्वाचनका उम्मेदवारहरुले खर्च विवरण पेश नगरेको हुँदा निर्वाचन आयोग नेपालले आज सूचना जारी गरेको छ ।उक्त सूचनामा निर्वाचन खर्च विवरण नबुझाउने बूढानीलकण्ठ नगरपालिकाका १३ वटै वडामा रहेका सबै प्रायः उमेद्वारहरुको नाम समावेश रहेको छ।
निर्वाचन आयोग नेपालले जारी गरिएको सुचनामा बुढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख उम्मेदवार र उपप्रमुख उम्मेदवारहरूको समेत नाम रहेको छ ।स्थानिय निर्वाचनमा देशका प्रमुखदलहरु नेपाली काङ्ग्रेस प्रमुख उम्मेदवार बिनोद चालिसे,एमालेका मिठाराम अधिकारी ,नेकपा एकीकृत समाजवादी बालकृष्ण श्रेष्ठ लगायत स्वतन्त्र उम्मेदवारमा सुमित खरेल लगायत वडा अध्यक्ष तथा वडा सदस्यहरुको उम्मेदवारहरुको नामपनि समावेश गरिएको छ।
आयोगले नामावलीसहित जरिवाना रकमसमेत उल्लेख गरेर सोमबार नाम सार्वजनिक गरेको हो । जसमा महानगरपालिकाका प्रमुख तथा उपप्रमुखका उम्मेदवार मात्रै दुई सय ८ जना रहेका छन् । उनीहरूलाई जनही ७ लाख ५० हजार रुपैयाँका दरले जरिवाना तोकिएको छ ।
निर्वाचित जनप्रतिनिधिले ६ महिना भित्र तोकिएको जरिवाना तिरिसक्नुपर्ने नभए उनीहरुलाई कानुनी व्यवस्था अनुसार नै पदमुक्त गरिने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए । उनले भने, ‘उम्मेदवारी दिने क्रममा नै सबै उम्मेदवारले कानुनी व्यवस्था अनुसार नै एक महिना भित्र निर्वाचन खर्चको विवरण पेश गर्ने प्रतिवद्धता जनाउनुभएको छ । अब उहाँहरुले ६ महिना भित्र तिरिसक्नुपर्छ । होइन भने आयोगले पदमुक्त गर्ने प्रक्रिया अघि बढाउनेछ ।’
06.Nagarpalika_Ward click here







