माओवादी केन्द्र बूढानीलकण्ठ नगरकमिटिले बूढानीलकण्ठ नगरपालिका भित्र किर्ते मतदाता नामावलीको सम्बन्ध बूढानीलकण्ठ नगरकमिटिले आफुहरु त्यस्ता अबैध क्रियाकलाप विरुद्ध रहेको भनी बूढानीलकण्ठ नगरकमिटीका अध्यक्ष भाइनारायण श्रेष्ठले बताएका छन ।
कमिटीका अध्यक्ष श्रेष्ठका अनुसार यदि वडा कार्यलयहरुले रितपुर्वक कागजात नपुर्याइ पहुँचको आधारमा मतदाता नामावलीमाका लागि सिफारिस गरिएको हो भने त्यसको विरुद्ध उभिने बताएका छन।साथै बूढानीलकण्ठ नगरकमिटिले विभिन्न वडाहरुमा वडाकार्यलयको लेटरहेड तथा सरकार छापको दुरुपयोग गरिएको सम्बन्ध प्रेश विज्ञप्ति समेत निकालेको जानकारी दिएका छन ।
प्रेस विज्ञप्तिमा उपरोक्त सम्बन्धमा बुढानिलकण्ठ नगरपालिका अन्तर्गत केही वडाहरुमा मतदाता नामावली संकलन गर्न क्रममा वडा कार्यालयको लेटरहेड, छाप तथा हस्ताक्षर नक्कली बनाई केही पार्टी सङ्ग सम्बन्धीत प्रभाव पार्न उद्देश्यले संलग्न भई मतदाता नामावली संकलनमा प्रभाव पार्ने उद्देश्यले कार्य गरेको प्रति सत्यतथ्य छानबिन गर्न सम्बन्धित निकायका लागि विज्ञप्ति निकालेको र सत्यतथ्य छानबिन गर्न दोषीहरुलाई कारवाही गर्नका लागि समेत आग्रह गर्दछ भनी बूढानीलकण्ठ नगरकमिटि माओवादी केन्द्र विज्ञप्ति निकालेको हो ।







