नायिका केकी अधिकारीको प्रस्तुतिमा उनका पिता बद्री अधिकारीको निर्माण रहेको फिल्म ‘बोक्सीको घर’ले सुखद ओपनिङ गरेको छ शुक्रबार र शनिबारको व्यापारले निर्मात्री अधिकारीको लगानी सुरक्षित भएको अनुमान लगाउन सकिन्छ यो फिल्मले दुई दिनमा डेढ करोड भन्दा माथिको व्यापार गरेको वुझिएको छ ।

शनिबार बिहानैबाट देशभरका अधिकांश हलमा दर्शकको उच्च चाप रह्यो । मल्टिप्लेक्सहरुले पनि शोजमा भारी वृद्धि गरे । शुक्रबार नै दर्शकको चाप देखेपछि मल्टिप्लेक्समा शनिबार फिल्मको शोज ह्वात्तै बढेको थियो ।

सुलक्षण भारतीको निर्देशनमा तयार भएको यो फिल्मले समाजमा व्याप्त रुढीवादी प्रथाको कथा भन्छ । फिल्ममा केकी अधिकारी, सुलक्षण भारतीय, सुपला सापकोटा, स्वेच्छा राउत, रमा थपलिया लगायतका कलाकारको अभिनय छ ।

यो फिल्म रिलिज अगाडि नै गीतका कारण चर्चामा थियो । ‘बुझिन मैले’ बोलको गीत ब्लकबस्टर हुनुको फाइदा यो फिल्मको ओपनिङमा देखिएको छ । फिल्मले आजबाट गर्ने व्यापारले यसको वर्ड अफ माउथको नतिजा पुष्टि गर्नेछ ।

यसैबिच, सामाजिक संजालमा केकी अधिकारी एक्लैले फिल्म चलाएपछि विभिन्न खालका बहस समेत सुरु भएका छन् । कलाकार दीपकराज गिरीले पोस्टरमा एक नायिका मात्र भएको तर फिल्मको ओपनिङ कुनै मल्टिस्टारर कलाकारको भन्दा कम नभएको भन्दै स्क्रिप्टमा लगानी गर्न आग्रह गरेका छन् । यस्तै खालका तर्कहरु विभिन्न फिल्मीकर्मीले पनि सामाजिक संजालमा दिएका छन् ।

यो फिल्मको गीतसँगै यसको कथावस्तु, समाजको विकृतीलाई उठाइएको बिषयलाई दर्शकले रुचाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय