भक्तपुरको सूर्यविनायक नगरपालिका ५ चुनदेवीस्थित एक फर्निचर कारखानामा आगलागी भएको छ ।
चुनदेवीस्थित एक सोफा फ्याक्ट्रीमा आइतबार साँझदेखि आगलागी सुरु भएको बताइएको छ ।
आगलागीपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए । अहिले पाँच वटा दमकलको प्रयोग गरी प्रहरी टोलीले आगो निभाउने काम गरिरहेको छ ।भक्तपुर जिल्ला प्रहरी परिसरका डीएसपी बसन्त पाठकले घटना बारे बताएका छ्न ।आगलागीबाट भएको क्षतिको विवरण आएको छैन । हामी आगो निभाउन मात्रै जुटिरहेका छौं । भक्तपुर जिल्ला प्रहरी परिसरका डीएसपी बसन्त पाठकले बताए ।







