कार्तिक ४ काठमाडौ/ बागमती अन्लाईन खबर

सामलिङ्ग पावर कम्पनीको सात करोड ३० लाख रुपैयाँबराबरको सात लाख ३० हजार कित्ता आइपिओ आजदेखि खुलेको छ ।

कम्पनीले निष्कासन गर्ने कुल सेयरमध्ये दुई प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता सेयर कर्मचारीका लागि र पाँच प्रतिशत अर्थात् ३६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ६ लाख ७८ हजार ९०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । सेयरमा सर्वसाधारणले कात्तिक ८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले निष्कासन गर्ने सो सेयरमा न्यूनतम् १० कित्ताका लागि आवेदन दिन सकिनेछ भने अधिकतम्‌मा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय