झापा, काँकडभिट्टा – भारतका प्रख्यात चायवाला, डली चायवाला सोमबार अपरान्ह नेपाल आइपुगेका छन्। झापाको काँकडभिट्टाबाट नेपाल प्रवेश गरेका डली चायवाला आफ्नो अनौठो चिया बनाउने शैली र ग्राहकसँगको शैलीसहितको व्यवहारका कारण भारतको नागपुरमा निकै चर्चित छन्।

उनको चिया बनाउने शैलीको भिडियोहरू सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भएपछि उनी भारतभर मात्र होइन, अन्तर्राष्ट्रिय रूपमा पनि लोकप्रिय भएका छन्। विशेष गरी उनको चियाको स्वाद र प्रस्तुत गर्ने आकर्षक तरिकाले धेरैको मन जितेको छ।

नेपाल भ्रमणमा आएका डली चायवालाले यहाँको पर्यटन क्षेत्रमा पनि सहयोग पुर्याउने अपेक्षा गरिएको छ। नेपालीहरूलाई उनले आफ्नो विशेष चिया र अनुभवसँग परिचित गराउने छन्, जसले नेपाल–भारत पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थपिने विश्वास गरिएको छ।

सामाजिक सञ्जालमा उनको उपस्थिति झनै प्रभावशाली बनिरहेको छ, जसले नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय