नेपाली काङ्ग्रेस नेता डा शेखर कोइरालाले सामाजिक संजाल मार्फत भ्रष्टाचारले बिश्व समुदायमा देशको शिर निहुरिएको र लज्जित हुनुपरेको भनी अभिव्यक्ति दिएका छ्न।

नेपाली काङ्ग्रेसका नेता कोइरालाद्वारा सामाजिक सन्जालमा यसरी आफ्नो अभिव्यक्ति दिएका छन ।

भ्रष्टाचारले आक्रान्त नेपाली समाजलाई राज्य नै सञ्जाल खडा गरेर मानव तस्करी जस्तो घृणित कार्यमा संलग्न भएको घटनाले बिश्व समुदायसामु देशको शिर निहुरिएकाे छ, हामी लज्जित भएका छाैं ।

तसर्थ राज्यकाे जुनसुकै तह र तप्काकाे जाे काेहीलाई पनि कानुनकाे कठघरामा ल्याएर तिनलाई कडा भन्दा कडा सजाय दिनुपर्दछ।

याे देशकाे शासक र प्रशासकप्रति आम नागरिकको चरम अविश्वास बढदाे छ, यसले हामीले दशकाै संघर्ष गरेर ल्याएकाे लाेकतन्त्र र संविधानलाई असुरक्षित पारेकाे छ।

अब समय आएकाे छ भ्रष्टाचार विरूद्ध आम नागरिकसँग एकाकार गर्दै राष्ट्रिय साझा चेतना अभियानकाे थालनी गर्ने र नेपाललाई भ्रष्टाचारको जालाेवाट उन्मुक्ति दिने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय