‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि अनुया तामाङले जित् हासिल गरेको छ भ्वाइस किड्स’ सिजन ३ का पर्तिस्पर्धि मध्य अनुया तामाङले शनिबार आयोजित ग्राण्ड फिनालेमा उपाधि जितेकी हुन् ।
उक्त शनिबार आयोजित ग्राण्ड फिनालेमा जितसँगै अनुयाले १० लाख रुपैयाँ र प्रायोजकको तर्फबाट गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन् । दर्शकले दिएको भोटको आधारमा बढी भोट प्राप्त गर्ने प्रतिस्पर्धी लाई विजेता चुनिएको हो भने भोटीङ्ग्ग लाइन शनिबार सम्म रहेक उक्त प्रतियोगितामा प्रमोद खरेल, मिलन नेवार, छेवाङ लामा र मेलिना राई लगायतका गायक गायिकाको टीमबाट प्रतिस्पधीहरु रहेका थिए।
कोच प्रमोद खरेलको टिमबाट अनुया र लाक्पा शेर्पा, कोच मिलन नेवारको टिमबाट समीक्षा धिताल र रिञ्जिन डोल्मा लामा फाइनलिस्ट थिए । कोच छेवाङ लामाको टिमबाट द्वितिका प्रधान र छेसाङ तामाङ, कोच मेलिना राईको टिमबाट सिमला धिताल र आयुष लामाले फिनालेमा प्रतिस्पर्धा गरेका थिए ।







