पौष १ काठमाडौ / बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ४ अवस्थित क्वाटोलमा रहेको मदन आश्रित आधारभुत बिधालयले वार्षिकोत्सबको अवसरमा अभिभावकत्व ग्रहण तथा संस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो।

उक्त कार्यक्रम निम्न स्तरको आयस्रोत भएका जेहेन्दार बिद्यार्थीहरुको लागि सामाजिक भाव-सेवाले ओतप्रोत भएका समाजसेवीहरुले अभिभावकत्व ग्रहण गरेका थिए ।साथै उक्त विद्यालय लाई आवश्यक रहेको बिद्यार्थीहरुलाई विभिन्न संस्था तथा ब्यक्तिहरु बाट विद्यालय लाई सामाग्री बितरण गरेको थियोे । जे.भि फाउन्डेसनले विद्यार्थीका लागि ज्याकेट, मानदास श्रेष्ठ तथा महेश श्रेष्ठले जुत्ता र कापीकलम लगायतका अन्य सामाग्रीहरुको  बिद्यालय लाई बितरण  समेत गरेको थियो।

कार्यक्रममा विद्यार्थीहरु बाट सास्कृतिक मौलिक नृत्यहरु प्रस्तुत गरेका थिए भने नेपाली टेलिचलचित्र “मेरी बास्सै”का कलाकारहरु शुरवीर पण्डित,दमन रुपाखेती,”घिरौले” उपनाम,माधव पण्डित,रेयान सापकोटा “नेपाली माइकल ज्याकसन” लगायत अन्य कलाकारहरुले समेत आफ्नो प्रस्तुति बेजोड देखाएका थिए ।

विद्यालयको उक्त कार्यक्रममा बिद्यालयका प्राध्यापक राजाराम भण्डारीको सभापतित्वमा संचालन भएको सो कार्यक्रममा प्रमुख अतिथि जगदीश बैध, विशेष अतिथिमा “महजोडी”  हरिवंश आचार्य,बुढानिलकण्ठ नगरपालिका प्रमुख उद्दवप्रसाद खरेल,शुरविर पण्डित(दार्ही बा), दमन रुपाखेती,बिधालयका संस्थापक तथा बुढानिलकण्ठ नगरपालिका वडा ३ का अध्यक्ष बालकृष्ण श्रेष्ठ,बुढानिलकण्ठ वडा १३ अध्यक्ष श्रीकृष्ण श्रेष्ठ, ४ का अध्यक्ष राजु खड्का,समाजसेवी दिपेन्द्र श्रेष्ठ,माओवादी केन्द्रका नेता रबिन अधिकारी तथा धर्म डङ्गोल लगायत बुढानिलकण्ठ नगरपालिकामा रहेका बिद्यालयका प्रतिनिधि तथा सामाजिक संस्थाहरुको प्रतिनिधिहरुको उपस्तिथिमा कार्यक्रम भब्य समापन गरिएको थियोे।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय