मनास्लु वर्ल्ड कलेजले नयाँ विद्यार्थीलाई भब्य स्वागत र उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ । चाबहिलमा रहेको मनास्लु वर्ल्ड कलेजले समाजमा बिभिन्न महत्त्वपूर्ण योगदान गरेका पाँचजना विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गर्दै कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गरेको छ । कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा कक्षा १२ मा उत्कृष्ट नतिजा सहित उत्तीर्ण विद्यार्थीहरूलाई सम्मानका लागि आयोजना गरिएको एक विशिष्ट कार्यक्रममा पाँच फरक क्षेत्रका विशिष्ट व्यक्तित्व सम्मानित भएका हुन् ।
उक्त सम्मान कार्यक्रममा गायिका कुन्ती मोक्तानलाई मनास्लु संगीतकर्मी सम्मान २०८०, सञ्चारकर्मी जगदीश खरेललाई मनास्लु सञ्चारकर्मी सम्मान २०८०, कराँते खेलाडी एरिका गुरुङलाई मनास्लु खेलाडी सम्मान २०८०, शिक्षाकर्मी जयन्ती सत्याल अधिकारीलाई मनास्लु शिक्षासेवी सम्मान २०८० र समाजसेवी बालकृष्ण बुर्लाकोटीलाई मनास्लु समाजसेवी सम्मान २०८० प्रदान गरिएको थियो।
मनास्लु वर्ल्ड कलेजको आयोजनामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको उपस्थितमा आयोजना भएको कार्यक्रममा सम्मानर्थका लागि सो कलेजका अध्यक्ष गेन्द्र लामा र प्रधानाध्यापक राजन श्रेष्ठले संयुक्त रूपमा सम्मान प्रदान गरेका हुन्।आइतबार भएको सम्मान कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानको हल कमलादीमा आयोजना गरेको भव्य कार्यक्रम आयोजना भएको हो।







