माछापुच्छ्रे गाउँपालिकामा वडा नम्बर ९ मा रहेको मर्दी हिमालको हाइक्याम्पबाट एक जना स्वीडेन नागरिक माइकल लियु बोल्मबे्रग नाम गरेका बेपत्ता भएका छन् ।
मर्दी हिमालको हाइक्याम्पमा पुस १४ गते बिहान निस्किएपछि सम्पर्कमा नआएको होटल म्याजिक माउण्टेनका संचालक मेखबहादुर तामाङले जानकारी दिएको छ भने उनी बसेको होटल म्याजिकमा बसेका उनको पार्सपोर्ट होटलमा नै रहेकाले स्वीडेन नागरिक रहेको खुलेको छ व्यवसायी तामाङले भन्नुभयो, ‘‘हाइक्याम्पबाट फर्किने समयमा नआएपछि हामीहरुले तत्काल खोजी कार्यमा जुटेका हौँ ।’बेलुकासम्म हाइक्याम्पबाट नपर्फिएपछि स्थानीय र होटल संचालकले खोजी गर्दा पनि नभेटेको माछापुच्छ्रे गाउँपालिका वडा नं ९ का वडाअध्यक्ष हरिबहादुर क्षेत्रीले बताएको छ ।
स्थानीय प्रहरी, पर्यटनव्यवसायीले खोजीकार्य जारी नै राखेका छन् । बेपत्ता स्वीडेन नागरिकको खोजीका लागि काठमाडौंमा रहेको स्वीडेनको काउन्सिलर हुँदै दिल्लीमा रहेको स्वीडेनको दूतावासमा पनि जानकारी गराइसकेको अध्यक्ष क्षेत्रीले बताएका छन ।







