काठमाडौँ, कार्तिक १५ – महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई निःशुल्क यातायात सुविधा प्रदान गरिने भएको छ। निःस्वार्थ भावले आम नागरिकको स्वास्थ्य सेवामा सक्रिय रहेका महिला स्वास्थ्य स्वयंसेविकाहरूले यही कार्तिक १५ गतेबाट आफ्नो कार्यक्षेत्र भित्र तोकिएको कामको सिलसिलामा आवतजावत गर्न निःशुल्क यातायात सेवा प्राप्त गर्नेछन्।

स्वास्थ्य मन्त्रालयको पहलमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यो सुविधा उपलब्ध गराउन सहमति जनाएपछि उक्त व्यवस्था कार्यान्वयनमा आउन लागेको हो। स्वास्थ्य मन्त्रालयले महासंघको सहयोगप्रति हार्दिक आभार व्यक्त गरेको छ।

यस व्यवस्थाले देशभरका ५२ हजारभन्दा बढी महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई सहयोग पुग्ने विश्वास लिइएको छ। उनीहरूको स्वास्थ्य सेवामा निरन्तरता र क्रियाशीलता कायम गर्न यसले महत्वपूर्ण भूमिका खेल्नेछ।

स्वास्थ्य मन्त्रालयले थप जानकारी दिँदै भनेको छ, “हामी महिला स्वास्थ्य स्वयंसेविकाहरूको क्षमता विकासका लागि आवश्यक तालिम र सीप मूलक कार्यक्रमको प्याकेज पनि चाँडै सार्वजनिक गर्नेछौँ। यो पहलले उनीहरूको दक्षता बढाउनुका साथै सेवा प्रदान गर्ने गुणस्तरमा पनि सुधार ल्याउनेछ।”

यो कदमले ग्रामीण र दुर्गम भेगका नागरिकहरूको स्वास्थ्य सेवा पहुँचमा महत्वपूर्ण सुधार ल्याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय