एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल युरोप भ्रमण छोट्याएर स्वदेश फर्किने भएका छन् । पार्टी निकट प्रवास नेपाली एकता मञ्चले निर्धारण गरेका विभिन्न कार्यक्रमहरुलाई सम्बोधन गर्ने भनी युरोप भ्रमण गएका थिए ।स्विट्जरल्यान्ड, स्पेन, क्रोसिया र बेलायतमा हुने कार्यक्रममा सहभागी भएर नेपाल १ भदौमा स्वदेश फर्किने कार्यक्रम थियो । स्विट्जरल्यान्डपछि नेपाल हाल स्पेनमा छन् । उनले क्रोसिया र बेलायत भ्रमण भने स्थगित गरेका छन् ।

नेपाल भ्रमण छोट्याएर फर्किन लागेको उनीनिकट एक नेताले जानकारी दिए । नेपाल आइतबार नै स्वदेश फर्किने तयारी रहे पनि टिकट मिलिनसकेको उनले बताए । अब उनी सोमबार फर्किन लागेका छन् ।

नेपालले आफ्नो अनुपस्थितिमा पार्टी कामको संयोजन गर्ने जिम्मवारी उपाध्यक्ष डा. बेदुराम भुसाललाई दिएका छन् । भुसाल कृषि तथा पशुपन्छी विकासमन्त्रीसमेत हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय