द हिडेन ट्रेजरले गर्दै आएको मिस नेपाल प्रतियोगिता आयोजना हुने भएको छ । २०२४ मा आयोजना हुन लागेको उक्त प्रतियोगिताको लागि आधिकारिक टेलिभिजन पार्टनरको रुपमा हिमालय टिभी अनुबन्धित भएको छ ।
एक कार्यक्रम मार्फत सार्वजनिक भए अनुसार टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेल र द हिडन ट्रेजरका अध्यक्ष अजयरत्न स्थापितले सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । साउन १९ गते ललितपुरमा हुने मिस नेपालको ग्राण्ड फिनालेको प्रसारण हिमालय टिभी एचडीले गर्ने भएको छ । ‘यतिबेला दर्शकको लोकप्रिय च्यानलसँग प्रसारण सम्झौता गर्न पाउँदा हामी खुसी छौं’ हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकारले भने ।
निर्देशक कंशाकारका अनुसार प्रतियोगिताको तयारी धमाधम चलिरहेको छ । २६ जना फाइनलिस्टले व्यक्तित्व विकासका कक्षा सिकिरहेका छन् । यसबाहेक १४ सहविधाको प्रतिस्पर्धा पनि गर्ने तयारी छ ।







