प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) बागमती प्रदेशसभा सदस्य विजय सुवेदीले आफ्नो सदस्य पदबाट आज राजिनामा दिएका छन् ।

यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेकपा एमालेबाट भरतपुर महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिनका लागि सो पदबाट आज राजिनामा दिएको उनले जानकारी दिए ।

चितवनको क्षेत्र नं २ को (ख) बाट प्रदेशसभा सदस्य पदमा निर्वाचित सदस्य सुवेदीले आज प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठ समक्ष लिखितरुपमा आफ्नो सदस्य पदबाट राजिनामा पत्र बुझाएको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय