आर्यन मल्ल/  १५ माघ  २०८०                                                               आजको अवस्थामा थुप्रै राजनैतिक क्रियाकलाप सक्रीयताले हाम्रो देश नेपालका प्रत्येक व्यक्ति प्रत्यक्ष अथवा अप्रत्यक्ष रुपमा राजनैतिक मैदानमा आबद्ध छन ति प्रत्यक जमातहरु मध्यको एक जमात युवाहरुको समुह पनि हो राष्ट्रिय होस या अन्तर्राष्ट्रिय परिवर्तनमा युवाहरुको ठूलो भुमिका रहेको हुन्छ । युवाहरुले कुन बाटो रोज्ने भन्ने कुरा केहि त स्वयम युवाकै हातमा हुन्छ र केही पारिवारीक तथा सामाजिक परिस्थितिमा भरपर्छ युवा एक त्यसतो उमेर समुह हो जुन जोस र जागरले भरिपुर्ण हुन्छ जसभित्र केहि गर्छु र गर्न सकिन्छ भनेर लक्ष्य तयार पार्ने हुटहुटि हुन्छ यदि युवाहरुको जोस र जागरलाई अध्ययन सहितको सकरात्मक मार्गदर्शन गर्ने हो भने युवाहरुको सोच र व्यवहारले पक्कै अनुकुल उपलब्धि हासिल हुन्छ विश्वमा परिवर्तनका निम्ति भएका ठुला-ठुला क्रान्तिहरुमा युवाहरुको सहभागिताबाट नै सफलता प्राप्त गरेको इतिहास छ शान्तीपुर्ण होस या सशस्त्र संघर्ष हरेक संघर्षका पाइलाहरुमा युवाहरुको अमुल्य योगदान इतिहासमा भेटिन्छ ।

युवाहरुको बाटो कुन हो र वर्तमान अवस्थामा युवाहरु कुन बाटो तर्फ यात्रा गर्दै छन् भनेर बुझ्ने र सहि बाटो देखाउने जिम्मेवारी राज्य हाक्ने सरकारको हुन्छ तर आजको परिस्थितिमा युवाहरुलाई विभिन्न राजनितीक दलहरुले आफ्नो स्वार्थ पूरागर्नका निम्ति आफु अनुकुल प्रयोग गर्दै आएको पाइन्छ भन्दा फरक नपर्ला यस्तो अवस्थामा युवाहरुको भविस्य माथि नै खेलवाड भएको छ भन्दा दुइमत नहोला हाम्रो देश नेपालबाट वैदेशिक रोजगारीका निम्ति थुप्रै युवाहरु विदेशीनु पर्ने बाध्यता छ कयौँको पारिवारीक अवस्था त कयौँको अवसरको अभावले गर्दा कुनै न कुनै कारणवस युवाहरु आफ्नो माटाे छोडि विदेशी माटाे ढाेग्नु पर्ने बाध्यता सिर्जना भएको छ तर के विदेशिएका युवाहरु स्वदेश फर्कन छन् त ? अनुभव बटल्नु भनेको सत्यज्ञान आर्जन गर्नु हो विदेशमा बटुलेको अनुभव,त्यहाँ सिकेको सीपको प्रयोग स्वदेश फर्केर प्रयत्न गर्ने हो भने नया-नया कुराको खोज र अनुसन्धान जस्ता कुराले प्राथमिकता पाउछ आज एक्काइसौं सताब्दीमा मानव सभ्यता आधुनिकताको प्रत्यक घर-घरका ढाेका सम्म पुगिसकेको छ हिजोको दिनमा असम्भव भनिने आजको दिनमा सम्भव छ यस्तो अवस्थामा कुनै निश्चित भु-भागमा प्रयोगमा आएका विचारहरु तथा व्यवहारहरु अर्को भु-भागमा सहजै लागू गर्न सकिने अवस्था छ ।

आज नेपालको राष्ट्रिय अवस्थाको मुल्यांकन गर्ने हो भने विदेशीएका युवाहरु स्वदेशमा फर्किन चाहादैन्न अधिकाश युवाहरुले नेपालमा भविस्य नभएको र नेपालमा केहि पनि हुदैन भन्ने भाव बोकेका छन यी सबै परिष्थितिमा उकुसमुकुस यस राज्यकै गैर-जिम्मेवारीपुर्ण राजनितीले सिर्जना गरेको हो वास्तवमा भन्नूपर्दा राष्ट्रभित्र सम्भावना नभएको देखा पर्छ र केही पनि गर्न सकिदैन है भन्ने अवस्था पनि सिर्जना भएको पाइन्छ यत्रतत्र हामीले सुन्न र देख्न पाउछौ तर केही पनि हुदैन भनेर मुकदशक बस्ने हो भने केही हुदैन यदि अलिकती भएपनि केही न केही परिवर्तन हुन्छ कि भनेर लाग्ने हो भने वर्तमान अवस्था भन्दा पक्कै परिवर्तन हुन्छ तर त्यो क्रान्तिकारी परिवर्तनका लागि युवाहरुको त्याग आवश्यक पर्छ । अहिले प्राय युवाहरु राष्ट्रवादी भन्दा व्यक्तिवादी भएको पाइन्छ जुन सबै भन्दा ठुलो कमजोरी हो हिजोको दिनम गणतन्त्र आउदैन भनेर परिवर्तनका खातिर नहोमिएको भए सायदै आज गणतन्त्र आउदैन थियो होला त्यसैले अहिलेको अवस्थामा गणतान्त्रिक व्यवस्था भित्र देखिएका वेथितिहरु परिवर्तन गर्ने साहस गरिएन भने राष्ट्रको अवस्था अझै गम्भीर हुँदै जानेछ युवा भनेको देशको मेरुदण्ड हो कुनै पनि परिवर्तनमा युवाहरुको सहभागिता अपरिहार्य हुन्छ परिवर्तनको गाडिको चक्का तुलनात्मक छिटाे कुदछ राष्ट्रको मुहार फेर्ने जिम्मेवारी युवाको पनि हो ।

युवाले राष्ट्रको निम्ति परिवर्तन शक्तीको रुपमा उदाएको खण्डमा युवाले आफुलाइ समाजको नेतृत्व गर्नका निम्ति पनि तयार हुन आवश्यक छ र देशको नेतृत्व लिन तयार युवाहरुको खाँचो छ । आजको अवस्थामा युवाहरुको रुची अध्यनन एवं अनुसन्धान तर्फ खासै देखिएको छैन देश हाक्न आँट गर्ने युवाहरु अध्ययनशील हुन जरुरी छ भने खोज अनुसन्धान जस्ता क्रियाकलापहरुमा युवाहरु व्यापक सक्रीयता हुनुपर्छ आज सिङ्गोराष्ट्र भित्र अवसर र सम्भावनाको अभाव हुँदा पनि राष्ट्रभित्र नै सम्भावना सिर्जना गर्ने जिम्मेवारी युवाहरुले लिएर अगाडि बढनुपर्छ साथै राम्रा र सृजनशिल क्रियाकलापहरु साथै राजनैतिक नेतृत्वबाट मुलुक परिवर्तनका लागी परेकालाई समर्थन जस्ता विषयमा पनि सचेतहुन आवश्यक छ सहिलाई समर्थन गर्ने तर कसैको अन्धभक्त नबन्ने भन्ने सोच युवामा हुनजरुरी छ परमकाल खण्डदेखि मानव सभ्यताको इतिहास हेर्ने हो भने प्रत्यक शताब्दीमा मानवले प्रकृति सङ्गको संघर्षमा नया खोज र विचारहरु सिर्जना गरेको छ जसको आधारमा आज सिङ्गो मानव सभ्यताले आधुनिकता तर्फ कदमहरु अगाडी बढेको छ जहाँ मानव सभ्यताले पृथ्वीभन्दा पनि बाहिर मानवबस्ती बसाउन सक्ने कल्पना गरिरहेका छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय