रमेश खरेल विरुद्ध भ्रष्टाचार आरोपमा आइतबार युवराज सफलद्वारा उजुरी दर्ता गराएका छन् ।

 

नेपाल प्रहरीका पूर्व डिआइजी समेत रहेका रमेश खरेल विरुद्ध सफलले उजुरी दर्ता गराएका हुन्। नेपाल प्रहरीका पुर्व डिआइजि रमेश खरेलले विभिन्न जिल्लामा हुँदा आफ्नी श्रीमतीलाई नक्कली सुराकी खडा गरी लाखौं रुपैयाँ कमिसन लिएको युवराज सफलको दाबी छ।

 

सफलका अनुसार वास्तविक सुराकीलाई दिइने प्रोत्साहन बापत कानुनले ब्यवस्था भएता पनि त्यसरी दिइने रकम वास्तविक सुराकीलाई नदिइकन नक्कली सुराकी खडा गरी त्यसरी सुराकी रकम लेनदेन कार्य गरेको र त्यस्ता कार्य भ्रष्टाचारजन्य कार्यमा पर्ने हुँदा खरेललाई पक्राउ गरिनुपर्ने र निजलाई भ्रष्टाचार गरेको कानुन बमोजिम कारबाहीको माग सफलले गरेका छन् ।

 

युवराज सफलले आफूलाई सामाजिक अभियन्ता बताउने गर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय