काठमाडौ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले आज पक्राउ नगर्ने निर्णय गरेको छ। प्रहरी उच्च स्रोतका अनुसार, बाहिर आइरहेका हल्ला मात्र हुन् र यथार्थमा कुनै पक्राउ गर्ने योजना छैन। तर, लामिछानेलाई चाँडै पक्राउ गर्ने तयारीमा रहेको बताइएको छ।
अदालतबाट पक्राउ पुर्जी लिएर लामिछानेलाई पक्राउ गर्न तयारी भइरहेको छ। यसअघि गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशीलाई जरुरी पक्राउ पुर्जी थमाएर पक्राउ गरिएको थियो। जोशीलाई भाग्न लागेको सूचनाका आधारमा तत्काल पक्राउ गरिएको बताइएको छ।
प्रहरीले लामिछानेलाई अदालतबाट अनुमति लिएर पक्राउ गर्ने योजना बनाएको छ। उनी पूर्व गृहमन्त्री र बहालवाला सांसद भएका कारण भाग्ने सम्भावना कम रहेको प्रहरी स्रोतले जानकारी दिएको छ। यदि परिस्थिति बदलिन्छ भने, प्रहरीले जरुरी पक्राउ पुर्जी दिएर उनलाई कुनै समय पनि पक्राउ गर्न सक्छ।







