राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ४० वर्षमुनिका २० युवालाई केन्द्रीय सदस्यमा छनोट गरेको छ। यस चयनमा मिस नेपाल वर्ल्ड २०२४ आश्माकुमारी केसी पनि केन्द्रीय सदस्यमा मनोनीत भएकी छिन्।

छनोट समितिले विभिन्न मापदण्डका आधारमा उम्मेदवारहरूको छनोट गर्दै अन्तर्वार्ता प्रक्रियामार्फत् १० महिला र १० पुरुषलाई केन्द्रीय सदस्यमा चयन गरेको हो। यस चयन प्रक्रियामा विशिष्ट प्रतिभा र सामाजिक सेवामा योगदान पुर्याएका युवा सहभागी भएका थिए।

अन्तर्वार्तापछि आश्माकुमारी केसीको छनोटले सामाजिक र सौन्दर्य प्रतियोगितामा मात्रै होइन, युवापुस्तामा राजनीतिक नेतृत्वमा पनि उनको सक्रियता बढ्दै गएको देखाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय