काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक वर्षमा पार्टी सञ्चालनको क्रममा ५ करोड ६४ लाख ८१ हजार ७२३ रुपैयाँ खर्च गरेको छ। मंगलबारदेखि राजधानीमा सुरु भएको राष्ट्रिय भेलामा पेस गरिएको आय–व्यय विवरणमा पार्टीले गरेको खर्च सार्वजनिक गरिएको हो।

विवरणअनुसार, पार्टीले कार्यालय खर्च शीर्षकमा चिया तथा खाजामा मात्रै झन्डै १७ लाख रुपैयाँ खर्च गरेको देखिएको छ। यसका साथै, पार्टी सञ्चालनका अन्य विविध कामहरूमा उल्लेखनीय खर्च भएको देखिन्छ।

रास्वपाले विभिन्न सभा-सम्मेलन, बैठक, तालिम, र मिडिया व्यवस्थापनलगायत गतिविधिहरूमा ठूलो रकम खर्च गरेको छ। पार्टीको आय–व्यय विवरणले पार्टीको सांगठनिक खर्च र विविध गतिविधिमा भएको खर्चलाई उजागर गरेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय