नेपाली शेयर बजार अप्राकृतिक रूपमा घटेको भनी लगानीकर्ता संघद्वारा विज्ञप्तिमा जारी भएको छ ।विज्ञप्तिमा संघहरुले पूँजी बजार दिनानुदिन अनपेक्षित रूपमा तल जाँदै गरेको भन्दै चिन्ता व्यक्त गरेका छन्। यसै क्रममा, पूँजी बजारसँग सम्बन्धित विभिन्न संघसंस्थाहरूले बजार घट्नुपर्ने कुनै स्पष्ट कारण नभएको भन्दै आफ्नो चासो प्रकट गरेका छन्।

लगानीकर्ताका संघहरूले बजारको अस्वाभाविक घटबढबारे छानबिन गर्न अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जलाई आग्रह गरेका छन्। उनीहरूको विज्ञप्तिमा अप्राकृतिक रूपमा घट्नुको कुनै प्रमाणित आधार नभएको उल्लेख गरिएको छ।

केही दिनयता कारोबारको समयमा टीएमएस प्रणालीमा समस्या देखिएको, अर्डर प्लेस गर्न नसकिने जस्ता प्राविधिक कठिनाइहरूका कारण बजार घटबढ भएको हुन सक्ने अनुमान गरिएको छ। साथै, अन्य विविध कारणले पनि बजारको अस्थिरतामा योगदान पु¥याएको हुन सक्ने ठानिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय