कोभिड१९ संक्रमणको दर उच्च वृद्धि सङै देशको हरेक क्षेत्रमा यसको प्रभाव परेको छ । ललितपुर महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिलाई कोरोना भाइरसको सङ्क्रमण देखिएकोले आजदेखि ५ दिनका लागि महानगरपालिकाबाट दिइने अत्यावश्यक सेवा बाहेकका सेवा बन्द गरिएको बारे सुचना जारी गरेको छ ।

महानगरका धेरैजसो कर्मचारीलाई सङ्क्रमण भएकाले आलोपालो सेवा दिने अवस्थासमेत नरहेकाले आजदेखि शुक्रवारसम्म महानगरपालिका बन्द गर्नु परेको भनी सूचनामा जानकारी प्रदान गरेको छ।

महानगरका अतिआवश्यक सेवा चाहिँ बन्द नहुने सो अनुसार महानगरबाट दिइने स्वास्थ्य सेवा, दमकल, शववाहन, एम्बुलेन्स, सरसफाइ  र नगरप्रहरीले दिने सेवा भने सञ्चालन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय