लियो जिल्ला परिषद ३२५ जे नेपालको आयोजना तथा काठमाडौंका समस्त क्लबहरुको व्यवस्थापनमा क्लब पदाधिकारी प्रशिक्षण कार्यक्रम मिति २०८०/०४/०६ गते शनिबार काठमाडौंमा सम्पन्न गरेको छ।

काठमाडौं बसुन्धारा स्थित साउथ वेस्ट्रन स्टेट कलेजमा भएको उक्त कार्यक्रममा काठमाडौं क्षेत्रका सम्पूर्ण क्लबका साथै लियो क्लब अफ गोरखाका अध्यक्ष, उपाध्यक्ष, सचिव, सह-सचिव, कोषाध्यक्ष, सह-कोषाध्यक्ष लगायत अन्य क्लबका पदाधिकारीहरुलाई प्रशिक्षण प्रदान गरिएको हो।क्लब पदाधिकारीका साथै जिल्ला परिषदका बोर्ड सदस्यहरुलाई पनि प्रशिक्षण प्रदान गरिएको थियो।

उक्त कार्यक्रमले सम्पूर्ण लियो क्लबका पदाधिकारी तथा जिल्लाको बोर्डका पदाधिकारीहरुलाई आफ्नो जिम्मेवारीलाई दक्षताका साथ सम्पन्न गर्न सहजीकरण गर्ने विश्वास लिइएको जिल्ला प्रवक्ता लियो सुदिप राज फुयालले बताएका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय