लुम्बिनी प्रदेशमा कार्यरत कर्मचारीहरूले भूकम्प पीडितहरूलाई राहत दिने भएका छन्।भूकम्पबाट प्रभावित क्षेत्र जाजरकोट, रूकुम पश्चिम लगायतका प्रभावित क्षेत्रका लागि राहत रकम दिने भएका हुन्।
सम्पूर्ण कर्मचारीहरूले एक दिन देखि तीन दिन सम्मको पारिश्रमिक रकम भूकम्प प्रभावित क्षेत्रका लागि दिने निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय लुम्बिनीका उपसचिव यमकान्त पाण्डेले जानकारी दिए।
प्रमुख सचिवको अध्यक्षतामा बसेको सचिवस्तरीय निर्णय अनुसार एघारौं तह वा सो भन्दा माथिका कर्मचारीहरूले तीन दिनको तलब, अधिकृत छैटौं देखि दशौं तह वा सो सरह सम्मका कर्मचारीले २ दिनको तलब र सहायक स्तर र तहबिहीन कर्मचारीहरूले एक दिनको तलब भूकम्प पीडितहरूका लागि उपलब्ध गराउने निर्णय भएको हो।







