कम्युनिष्ट पार्टी एकताका लागि अभियान बनाएका वामदेव गौतमले वर्तमान सत्ता गठबन्धनमा सहभागी हुन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल सङग भेट गरि सुझाव दिएका छन् । गौतम नेकपा फुट पछि निरन्तर कम्युनिस्टहरु एक हुन भनी अभियान चलाएका नेताहुन ।

नेकपा एकीकृत समाजवादी पार्टी केन्द्रिय कार्यालय तीनकुनेमा नेपालसँग छलफल गर्दै नेता गौतमले कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्नका लागि अहिलेको सरकारमा सहभागी हुन अध्यक्ष नेपाललाई सुझाव दिएका छन् ।

छलफलपछि गौतमले माओवादीले एमालेसंग मिलेर सरकार बनाएको अवस्थामा नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी हुनुपर्ने र सहभागी हुन नसके गम्भीर भूल हुने बताएका हुन ।

प्रचण्डले समाजवादीसँग सम्मानजनक छलफल नगरी एक्लै एमालेसँग मिल्न जानु आलोचनाको विषय भएको गौतमको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय